कलाका माध्यमबाट भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

कलाका माध्यमबाट भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् ।

नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको ‘क्रस कन्ट्री आर्ट एक्जिविसन’ को काठमाडौँमा आज उद्घाटन गर्दै उनले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखे ।

कला प्रदर्शनीमा राखिएका कलाकृतिहरू सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधताअनुसार नै कलाकृतिमा पनि विविधता रहेको बताए । “एक देशले अर्को देशलाई, एक जातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रदर्शनीको महत्व छ”, उनले भने ।

अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बङ्गलादेश, पेरु र स्पेन गरी छ देशका ११ जना कलाकारले तयार पारेका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी हुकुम दरबार कमलपोखरीमा तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ३५ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण