कलाका माध्यमबाट भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

कलाका माध्यमबाट भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् ।

नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको ‘क्रस कन्ट्री आर्ट एक्जिविसन’ को काठमाडौँमा आज उद्घाटन गर्दै उनले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखे ।

कला प्रदर्शनीमा राखिएका कलाकृतिहरू सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधताअनुसार नै कलाकृतिमा पनि विविधता रहेको बताए । “एक देशले अर्को देशलाई, एक जातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रदर्शनीको महत्व छ”, उनले भने ।

अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बङ्गलादेश, पेरु र स्पेन गरी छ देशका ११ जना कलाकारले तयार पारेका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी हुकुम दरबार कमलपोखरीमा तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ३५ बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको