अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ : नेता कोइराला « Khabarhub

अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ : नेता कोइराला


२३ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टीविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् ।

अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ । उनले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने जिकिर गरे ।

कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ६ : ०१ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली