निःशुल्क यातायात सेवा बन्द | Khabarhub Khabarhub

निःशुल्क यातायात सेवा बन्द


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ । 

आर्थिक वर्ष २०७४–०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको थियो ।

लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालि बीचमा भएको सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो । तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क यातायात सेवा सुरु गरेको थियो ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको परिचयपत्रको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सहमति भएको थियो ।

यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा (क)(ख) वर्गको परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ । 

साकेला गाउँपालिकाका तत्कालीन प्रमुख अर्जुन खड्काको पालामा आर्थिक वर्ष २०७६–०७७ देखि ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने गरिएको थियो ।

चालु आर्थिक वर्ष भने ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । 

यातायात प्रालिले सम्झौता नवीकरणका लागि गत चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई गाउँपालिका पठाइए पनि नवीकरण नभएको जनाएको छ ।

यद्यपि, गाउँपालिका प्रमुख रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताए । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : २२ बजे

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख