विश्वमा आज : प्रथम विश्व युद्धको अन्त्यदेखि राष्ट्रसंघ महासभाको पहिलो बैठकसम्म « Khabarhub

विश्वमा आज : प्रथम विश्व युद्धको अन्त्यदेखि राष्ट्रसंघ महासभाको पहिलो बैठकसम्म


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १० जनवरी । आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा केही महत्वपूर्ण घटनाः

राष्ट्रसंघको महासभाको पहिलो बैठक
सन् १९४६ को १० जनवरीमा संयुक्त राष्ट्रसंघको महासभाको पहिलो बैठक बसेको थियो । बैठकमा ५१ देशका प्रतिनिधिहरूको उपस्थिति थियो ।

चर्चित हास्य पुस्तक प्रकाशन
सन् १९२९ को १० जनवरीमा हास्य पुस्तक एडभेन्चर अफ टिनटिन प्रकाशित भएको थियो । सो पुस्तक युरोप र संसारका अन्य भागमा निकै चर्चित बनेको थियो ।

प्रथम विश्व युद्धको औपचारिक अन्त्य
सन् १९२० को १० जनवरीमा ट्रिटी अफ भर्साईल्समा हस्ताक्षर भएको थियो । पहिलो विश्व युद्ध अन्त्यका लागि सन् १९१८ को ११ नोभेम्बरमा युद्धविराम भएको थियो । तर भर्साईल्स सन्धीपछि मात्र सो युद्ध औपचारिक रुपमा अन्त्य भएको थियो ।

लिग अफ नेसन स्थापना
सन् १९२० को १० जनवरीमा लिग अफ नेसन स्थापना भएको थियो । पहिलो विश्वयुद्धमा जितेका गठबन्धन राष्ट्रहरुको पहलमा अन्तर्राष्ट्रिय सहकार्यका लागि लिगको स्थापना भएको हो ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ०६ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’