लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार | Khabarhub Khabarhub

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिए । 

उनले आफूहरू संसद् र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बोकेर आएको बताए । उनले भने, ‘सुशासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हौं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएको थियो । तर, जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएको ठहरसहित सरकारमा गयौँ ।

देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उनले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : २४ बजे

आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी– हिन्दूधर्मका अनुयायीले आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई

थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

काठमाडौं– थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक