विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती « Khabarhub

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ ।

विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो ।

“विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ । जसकारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ”, प्रवक्ता भट्टराईले भने । प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उनको भनाइ छ ।

ठूला उद्योगमा साँझ र बिहानको समय गरेर करिब आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिए । “अहिले ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नुपरेको हो । भारतीय पक्षले मर्मतसम्भारका लागि अझै तीनरचार दिन लाग्छ भनेको छ”, उनले भने ।

प्राधिकरणका अनुसार अहिले नेपालको कूल विद्युत् माग करिब ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ । उक्त माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत करिब ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ । त्यस्तै, अहिले नौ हजार दुई सय ७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ०८ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं- राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र

पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए

काठमाडौं- नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको

रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को

एसियाली विकास बैंकबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १४ अर्ब

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा