प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड « Khabarhub

प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 

विराटनगर : प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उनीहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताए । सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास थाल्ने उनको भनाइ छ । “अघिल्लो कार्यकालमा प्रदेशको नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको छ”, उनले भने, “सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता छ ।”

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले विगतको सरकारले प्रदेशको नाम राख्न नसक्दा विभिन्न आरोप खेप्नुपरेको उल्लेख गर्दै नामकरण गर्न सरकारलाई आफ्नो पार्टीले साथ दिने बताए। चाँडै नामकरणका लागि पहल गर्न पनि उनले प्रदेश सरकारसित आग्रह गरे ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना भएको बताए। प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वका समयमै नामकरण टुङ्गो लगाउने आङ्बोले बताए ।

यस्तै बिनाविभागीय मन्त्री निर्मला लिम्कूले पहिचानसहितको नामकरण हुनुपर्ने बताए । नेकपा (एमाले)का राम रानाले नामकरण प्रदेश सरकारको पहिलो काम भएको बताए । अघिल्लो कार्यकालमा सात प्रदेशमध्ये छवटाले नाम पाए पनि प्रदेश १ ले नामकरण गर्न सकेको थिएन ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ४८ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक