बूढानिलकण्ठको विकास गर्ने प्रस्ताव लिएर आउनुस् : प्रबन्धक श्रेष्ठ  « Khabarhub

बूढानिलकण्ठको विकास गर्ने प्रस्ताव लिएर आउनुस् : प्रबन्धक श्रेष्ठ 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले बुढानीलकण्ठ मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनका लागि प्रस्ताव लिएर बोर्डमा आउन आग्रह गरेकी छन् । आन्तरिक र बाह्य पर्यटकका लागि बुढानीलकण्ठ विशेष भएपनि व्यवस्थापनको विषयले गर्दा अझै धेरै पर्यटक ल्याउन चुनौति भएकाले त्यसका लागि पर्यटन बोर्डमा प्रस्ताव लिएर आउनुपर्ने उनले बताएकी हुन् ।

बुढानीलकण्ठ मन्दिरको अवलोकन, भ्रमण तथा पूजाका लागि नेपालसँगै विदेशबाट आउने पर्यटक धेरै भएपनि यसको दिगो विकास र पूर्वाधार विकास नपुगेको गुनासो बढ्दै गएको उनले बताइन् । त्यसको व्यवस्थापन र प्रवर्द्धनका लागि स्थानीय समिति अग्रसर हुनुपर्ने पनि श्रेष्ठको जोड छ ।

एनटीपी मल्टिमिडिया ग्रुपले बुढानीलकण्ठ मन्दिर परिसरमा बिहीबार आयोजना गरेको ‘बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’ विषयक कार्यक्रममा बोल्दै बोर्डकी प्रबन्धक श्रेष्ठले बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन बोर्डले निरन्तर गरिरहेकाले व्यवस्थापनका लागि स्थानीय सरकार र समितिको प्रस्ताव आउनुपर्नेमा जोड दिइन् । 

बूढानिलकण्ठको पर्यटन प्रवर्द्धनका लागि मन्दिर व्यवस्थापन समिति, बुढानीलकण्ठ नगरपालिका र पर्यटन बोर्डले सँगसँगै काम गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।

‘बुढानीलकण्ठ मन्दिरको विशेषता आफैँमा धार्मिक पर्यटक र बाह्य पर्यटकका लागि चासोको विषय हो । पर्यटन बोर्डले बूढानिलकण्ठको निरन्तर प्रचार प्रसार गरिरहेको छ,’ बोर्डकी प्रबन्धक श्रेष्ठले भनिन्, ‘अब मन्दिरको व्यवस्थापन र पूर्वाधार विकासका लागि प्रस्ताव लिएर आउन आग्रह गर्छु । तपाईँहरूको प्रस्ताव आएपछि हामी बोर्डमा बसेर के कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्छौँ ।’

उनले मन्दिर व्यवस्थापन नभएसम्म नेपालभित्र र बाहिरबाट आउने पर्यटक खुशी र सन्तुष्ट हुन नसक्ने भन्दै स्थानीय सरकार, मन्दिर व्यवस्थापन समिति र बोर्डले सँगसँगै काम गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ३२ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै