बूढानिलकण्ठको विकास गर्ने प्रस्ताव लिएर आउनुस् : प्रबन्धक श्रेष्ठ  « Khabarhub

बूढानिलकण्ठको विकास गर्ने प्रस्ताव लिएर आउनुस् : प्रबन्धक श्रेष्ठ 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले बुढानीलकण्ठ मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनका लागि प्रस्ताव लिएर बोर्डमा आउन आग्रह गरेकी छन् । आन्तरिक र बाह्य पर्यटकका लागि बुढानीलकण्ठ विशेष भएपनि व्यवस्थापनको विषयले गर्दा अझै धेरै पर्यटक ल्याउन चुनौति भएकाले त्यसका लागि पर्यटन बोर्डमा प्रस्ताव लिएर आउनुपर्ने उनले बताएकी हुन् ।

बुढानीलकण्ठ मन्दिरको अवलोकन, भ्रमण तथा पूजाका लागि नेपालसँगै विदेशबाट आउने पर्यटक धेरै भएपनि यसको दिगो विकास र पूर्वाधार विकास नपुगेको गुनासो बढ्दै गएको उनले बताइन् । त्यसको व्यवस्थापन र प्रवर्द्धनका लागि स्थानीय समिति अग्रसर हुनुपर्ने पनि श्रेष्ठको जोड छ ।

एनटीपी मल्टिमिडिया ग्रुपले बुढानीलकण्ठ मन्दिर परिसरमा बिहीबार आयोजना गरेको ‘बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’ विषयक कार्यक्रममा बोल्दै बोर्डकी प्रबन्धक श्रेष्ठले बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन बोर्डले निरन्तर गरिरहेकाले व्यवस्थापनका लागि स्थानीय सरकार र समितिको प्रस्ताव आउनुपर्नेमा जोड दिइन् । 

बूढानिलकण्ठको पर्यटन प्रवर्द्धनका लागि मन्दिर व्यवस्थापन समिति, बुढानीलकण्ठ नगरपालिका र पर्यटन बोर्डले सँगसँगै काम गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।

‘बुढानीलकण्ठ मन्दिरको विशेषता आफैँमा धार्मिक पर्यटक र बाह्य पर्यटकका लागि चासोको विषय हो । पर्यटन बोर्डले बूढानिलकण्ठको निरन्तर प्रचार प्रसार गरिरहेको छ,’ बोर्डकी प्रबन्धक श्रेष्ठले भनिन्, ‘अब मन्दिरको व्यवस्थापन र पूर्वाधार विकासका लागि प्रस्ताव लिएर आउन आग्रह गर्छु । तपाईँहरूको प्रस्ताव आएपछि हामी बोर्डमा बसेर के कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्छौँ ।’

उनले मन्दिर व्यवस्थापन नभएसम्म नेपालभित्र र बाहिरबाट आउने पर्यटक खुशी र सन्तुष्ट हुन नसक्ने भन्दै स्थानीय सरकार, मन्दिर व्यवस्थापन समिति र बोर्डले सँगसँगै काम गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ३२ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा