पर्यटनको मुद्दा बोकेर उद्योग वाणिज्य महासंघको चुनाव लड्दैछु : अच्युत गुरागाँई « Khabarhub

पर्यटनको मुद्दा बोकेर उद्योग वाणिज्य महासंघको चुनाव लड्दैछु : अच्युत गुरागाँई


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष अच्युत गुरागाँईले नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा पर्यटनको एजेन्डा बोकेर हिँडेको बताएका छन् । एनटीपी मल्टिमिडिया ग्रुपले बिहीबार बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नाट्टाका निवर्तमान अध्यक्ष गुरागाईँले पर्यटन क्षेत्रका मुद्दा र समस्याको दिगो समाधान खोज्न आउँदो चैत अन्तिममा हुने महासंघको चुनावमा वस्तुगततर्फ केन्द्रीय समिति सदस्य पदको लागि चुनावमा होमिएको बताएका हुन् ।

नेपालको पर्यटन क्षेत्र नजिकबाट बुझेको, पर्यटन क्षेत्रमा धेरै साझेदार निकायसँग काम गरेको र आउँदो दिनमा नेपालको पर्यटन क्षेत्रलाई निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म पुर्याउनका लागि चुनावमा होमिएको उनले बताएका हुन् । 

नेपाल पर्यटन बोर्डको सहकार्य र बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा सञ्चालित ‘बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’ विषयक कार्यक्रममा बोल्दै उनले बुढानीलकण्ठ मन्दिरको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका विषयमा पनि आफू जिम्मेवार भएर लाग्ने बताए ।

बुढानीलकण्ठ मन्दिरको मूर्ति विश्वमै नयाँ र फरक आसनले चर्चित रहेको भएपनि यसको व्यवस्थापनमा स्थानीय सरकार र सरोकारवाला निकाय चुकिरहेको बेला निजी क्षेत्रका तर्फबाट आफूले सक्दो सहयोग तथा सहकार्य गर्ने गुरागाँईले बताए ।

‘म अहिले उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फ केन्द्रीय सदस्यको उम्मेद्वार छु । मेरो मुल मुद्दा निजी क्षेत्रको नेतृत्व गरिरहेको महासंघमा पर्यटनका मुद्दा उठाउने र त्यसको समाधान खोज्ने छ’ नाट्टाका निवर्तमान अध्यक्ष गुरागाईँले कार्यक्रममा भने, ‘यसका लागि सबैको सहयोगको अपेक्षा छ । बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र व्यवस्थापनमा मैले गर्नुपर्ने काम कटिबद्ध रुपमा गर्छु ।’ महासंघको चुनाव चैत अन्तिममा हुँदैछ । 

मन्दिर पुरातत्वले भरिएको, ऐतिहासिक किंवदन्ती भएको र शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले विशेष भएर प्रचुर सम्भावना हुँदाहुँदै पनि कंक्रिटको संरचना थपिदै जानु, सरसफाइ नहुने जस्ता गतिविधिले बाह्य पर्यटक आकर्षित गर्न चुनौति रहेको उनको भनाई थियो ।

‘बुढानीलकण्ठ मन्दिर पुरातत्व सम्पदा र विशेष किंवदन्ती भएको धार्मिक पर्यटकीय क्षेत्र हो । विदेशी पर्यटक आउँदा यहाँ खुशी छन् । तर मन्दिर वरपरको सरसफाइ नहुँदा र कंक्रिटको संरचनाले यसको बेइज्जती पनि भइरहेको छ’ नाट्टाका निवर्तमान अध्यक्ष गुरागाँईले भने, ‘यसको व्यवस्थापनमा सबै एकजुट हुन सकेका छैनन् । नगरपालिका एकातिर, मन्दिर व्यवस्थापन समिति अर्कोतिर, पूजारी झन् अर्कैतिर हुने समस्याले गर्दा व्यवस्थापन फितलो बनेको छ ।’

अबका दिनमा मन्दिरभित्र रहेको भेटी सार्वजनिक गर्ने, नगरपालिकाले बजेट हाल्ने, पूर्वाधार बनाउँदा पुरातत्वलाई ध्यान दिने काम गर्दा, काठमाडौँका विश्व सम्पदा घुम्ने पर्यटक बुढानीलकण्ठ ल्याएर शिवपुरी निकुञ्जसम्म ट्रेल बनाएर थप विशेष गन्तव्य बनाउन सकिने सुझाव पनि उनले दिएका छन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ०० बजे

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक