अर्थतन्त्र पुनर्संरचना गर्न ढिलो नगरौँ : गगन थापा « Khabarhub

अर्थतन्त्र पुनर्संरचना गर्न ढिलो नगरौँ : गगन थापा


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको अर्थतन्त्रलाई उद्दार गर्न तत्काल संरचनागत सुधारसहितको पहल आवस्यक रहेको जानकारले बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाजले आज काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ कार्यक्रमका वक्ताले अहिलेको कार्यशैली र तौरतरिकाबाट समस्या समाधान हुन नसक्ने भएकाले अर्थतन्त्रको पुनःसंरचना आवस्यक रहेको धारणा राखेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकस्तरमा अहिलेको जस्तो निराशा आफूले पहिले कहिल्यै नदेखेको बताए । “अर्थतन्त्रका सूचक र तथ्यतथ्याङ्कले के भन्छन् भन्दा पनि अवस्थालाई समग्रतामा हेर्ने हो । अहिलेको अवस्थालाई नागरिकले कसरी हेरिरहेका छन् भन्नेकुरा मुख्य हो । अहिले नागरिक आत्तिएका छन् । यति धेरै मानिस एकैपटक यसरी आत्तिएको मैले पहिले देखेको थिइन ।” कांग्रेस महामन्त्री थापाले भने ।

अर्थतन्त्रमा अहिले देखिएका समस्या एकैपटक आएको नभइ लामो समयदेखि समाधान नभएका समस्या थपिँदै गएको पनि थापाको भनाइ छ । “हाम्रो अर्थतन्त्रमा हामीले लामो समयदेखि पन्छाउँदै आएका समस्या थुप्रिएका छन् । यी समस्या उत्पादनसँग जोडिएका छन् । युवा विदेश जाने र त्यहाँबाट पठाएको पैसाले वस्तु आयात गरेर उपभोग गर्ने समस्या रहेको छ ।”, उनले भने।

नेपालका राजनीतिज्ञमा अर्थतन्त्रबारे निकै कम ज्ञान हुने गरेको पनि थापाको भनाइ छ । “राजनीतिज्ञले अर्थतन्त्रका आयाम केलाउँदैन् । उनीहरुले जनतालाई गरेका वाचा हेर्छन् । राज्यको स्रोत एकातिर हुन्छ, राजनीतिज्ञहरुलाई जसरी पनि जनताका आकांक्षा पूरा हुनुपर्छ भन्ने छ । यसकारण राजनीतिज्ञलाई अर्थतन्त्रका बारेमा बुझाउन आवस्यक छ ।”, उनले भने । गृह प्रशासन निरीह हुँदा चोरी पैठारी मौलाएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : १५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै