उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिमकोट : दुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तस्रावले पीडित उहाँको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।

दुुई हप्तादेखि लगातार अत्यधिक रक्तस्राव भएपछि उहाँको अवस्था गम्भीर भएको थियो । जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा छत्यालको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धार गरी सुुर्खेत पु¥याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो ।

उनलाई बिहीबार गोठीगाउँबाट उद्धार गरिएको हो । उनको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आवको साउन महिनायता यो छैटौँ उद्धार गरेको छ । यसमा एक बेथा लागेकी गर्भवतीको खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा निधन भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका बेथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ३१ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका