कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेट « Khabarhub

कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेट


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले विकासको गति तीव्ररुपले बढ्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए । निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेको सरकारले कर्णाली विकासलाई प्राथमिकता राख्ने उनको भनाइ थियो ।

चुनावताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै रक्षामन्त्री खड्काले भने, “शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको रक्षा र देशको तीव्र विकासमा वर्तमान सरकारले जोड दिन्छ । द्वन्द्वपीडितहरुलाई न्यायिक निरुपणमार्फत न्याय दिन र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराउँछौँ ।”

पुस १० को अप्राकृतिक गठबन्धन भत्केर बनेको प्राकृतिक गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने जनाउँदै उनले मुद्दामा सहमत भएका दलहरु एक ठाउँमा रहेकाले ती मुद्दाहरु पूरा हुने उनले जनाए ।

पुसमै बन्नुपर्ने सरकार चैत १७ गते बन्दा महत्वपूर्ण समय खेर गएको जनाउँदै रक्षामन्त्री खड्काले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बजेट आउने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २८ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका