मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन   « Khabarhub

मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन  


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुगु – कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आइरहेका छन्।

विगतका वर्षहरूमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि पाउन समेत तड्पिनुपरेको छ।

सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुसँग नै औषधि किन्ने पैसा छैन।

सरकारबाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरेको भनिए पनि मुगुको अस्पतालमा यी ओैषधिको अभाव छ।

‘गत वर्ष औषधि खरिदको लागि छुटाइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो। तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा  दिनै सकिँदैन। औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाइ भएन।’

राष्ट्रिय बिमा बोर्डले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ। उपचारबापत पाउने रकम  हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ०० बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन