मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन   « Khabarhub

मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन  


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुगु – कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आइरहेका छन्।

विगतका वर्षहरूमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि पाउन समेत तड्पिनुपरेको छ।

सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुसँग नै औषधि किन्ने पैसा छैन।

सरकारबाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरेको भनिए पनि मुगुको अस्पतालमा यी ओैषधिको अभाव छ।

‘गत वर्ष औषधि खरिदको लागि छुटाइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो। तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा  दिनै सकिँदैन। औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाइ भएन।’

राष्ट्रिय बिमा बोर्डले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ। उपचारबापत पाउने रकम  हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ०० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर