चलचित्रक्षेत्रलाई राज्यले सघाउनु पर्छ :  भीम रावल « Khabarhub

चलचित्रक्षेत्रलाई राज्यले सघाउनु पर्छ :  भीम रावल


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का नेता भीम रावलले  मनोरञ्जन जनताको  अधिकार रहेको बताएका छन् । मंगलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताए । 

‘चलचित्र सफ्ट पावरको महत्वपूर्ण अङ्ग  हो । अन्य देशमा चलचित्रको माध्यमबाट धारणा निर्माण हुने गरेको छ । हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु सफ्ट पावरलाई समाप्त पार्नु हो’, नेता रावलले भने, ‘साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ ।’

 चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताए । ‘हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ । पछि हट्दैनौँ बरु अदालत जान्छौँ’, उनले भने।

चलचित्रमा निर्देशक खड्कासँगै सुरविना कार्की, गौरव पहारी, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह लगयतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ०७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर