सुर्तीजन्य पदार्थको कर बढाउन पहल गरिने « Khabarhub

सुर्तीजन्य पदार्थको कर बढाउन पहल गरिने


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको कर बढाउन पहल गर्ने बताए । स्वास्थ्य पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सुर्तीजन्य पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताए। 

सुर्तीजन्य पदार्थको कर नेपालमा एसियाको सबैभन्दा थोरै रहेको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको कर ७५ प्रतिशतसम्म बढाउनुपर्ने सुझाव दिँदै आएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको कर न्यून रहेको र नेपालमा अर्थतन्त्र बिग्रिएको बेला कर बढाएमा क्यान्सर रोगको उपचारमा सहज हुनुका साथै सुर्तीजन्य पदार्थको सेवनमा पनि कमी आउने उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थ नखाएर स्वास्थ्य जोगिने र खाए राज्यको कर बढ्ने उनको भनाइ छ। साथै मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने बताए ।

मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ४० प्रतिशत बजेट घटेको बताउँदै आफू मन्त्रालय आएदेखि बजेट बढाउन पहल गरेको दाबी गरे ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना