जनताले औँला नउठाउने गरी काम गर्नेछौँ : मुख्यमन्त्री पाण्डे « Khabarhub

जनताले औँला नउठाउने गरी काम गर्नेछौँ : मुख्यमन्त्री पाण्डे


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम नलाग्ने उल्लेख गरे ।

नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनकातर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

“नेपाली जनताले हाम्रा प्रत्येक गतिविधिमा निगरानी गरिरहेका छन्, अब पनि गल्ती ग¥यौँ भने जनताले हामीलाई छाड्ने छैनन्, तीन तहको सरकारले अब नयाँ किसिमबाट आफ्ना कामकारबाहीलाई अगाडि बढाउन जरुरी छ”, उनले भने ।

“सीमित स्रोत र साधनलाई उपयोग पारदर्शीरुपमा जनताको हित र चाहनाअनुसार नै सरकार अगाडि बढ्न जरुरी छ”, उनले भने, “आम नेपाली जनताले सरकारको अनुभूति गर्न सकुन् ।” जनताको शिर उठ्नेगरी काम गर्न जरुरी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले अब पनि ठूला दलले नयाँ ढङ्गबाट अगाडि बढेनन् भने आगामी निर्वाचनमा जनताले तर्क गरे ।

गण्डकी प्रदेश सरकारले एक दुई दिनमै पूर्णता पाउने बताउँदै उनले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने र एक दुई दिनभित्र मन्त्री नियुक्त गरिने बताए । गण्डकी प्रदेशले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा सिँचाइलाई प्राथमिकतामा राखेको र निर्वाचनमा गाउँमा जाँदा गरिएका प्रतिबद्धतालाई समेत पूरा गर्ने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकारले परिणाम देखिने गरी काम गर्न जरुरी भएको बताए । उनले अब पनि पुरानै शैलीबाट अगाडि बढ्दा आगामी निर्वाचनमा ठूला दल बढारिने तर्क गरे । प्रि–बजेटसम्बन्धी छलफल गर्न पनि समय धेरै नभएकाले मन्त्रिमण्डल छिटै गठन गर्नुपर्ने नेता चुमानको जोड थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ३५ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने