सरकारविरुद्धको मुद्दामा एनसेलको हार, बाँकी ४५ अर्ब तिर्नुपर्ने « Khabarhub

सरकारविरुद्धको मुद्दामा एनसेलको हार, बाँकी ४५ अर्ब तिर्नुपर्ने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने कर, शुल्क र जरिबाना सम्बन्धी मुद्दा हारेको छ। नेपाल सरकारविरुद्ध इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा दर्ता गराएको मुद्दामा एनसेलको मातृ कम्पनी आक्जियटा ग्रुप बरहादले हारेको हो।

शेयर बिक्रीको पुँजीगत लाभ कर विवादको समाधान गरिदिन आक्जियटाले दिएको निवेदनमा आईसीएसआईडीले सरकारको पक्षमा फैसला सुनाएको कानूनसचिव धनराज ज्ञवालीले बताएका छन्। विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय आईसीएसआईडीमा आक्जियटाले २०७६ वैशाखमा नेपालको आन्तरिक राजस्व विभागविरुद्ध निवेदन दर्ता गराएको थियो।

२०७६ वैशाख ५ गते ठूला करदाता कार्यालयले एनसेललाई कर, शुल्क र जरिबाना गरी ६२ अर्ब ६३ करोड रुपैयाँ तिर्नुपर्ने भनेको थियो। तत्कालीन समयमा विभागअन्तर्गतको ठूला करदाता कार्यालयले गरेको कर निर्धारणप्रति असन्तुष्ट एनसेलले विवाद समाधानका लागि आईसीएसआईडीमा निवेदन दिएको थियो।

सरकारले एनसेलमाथि लगाएको पुँजीगत लाभकर अन्तर्राष्ट्रिय कानून र सन्धि विपरीत भएको भन्दै आक्जियटाले मध्यस्थता गरिदिन अन्तर्राष्ट्रिय निकाय गुहारेको थियो। दूरसञ्चार कम्पनी एनसेललाई स्वीडिस कम्पनी टेलियासोनेराले मलेसियन कम्पनी आक्जियटालाई २०७२ सालमा बिक्री गर्दा १ खर्ब ४३ अर्ब रुपैयाँ नाफा भएको सरकारी तथ्यांक छ।

एनसेलले यसअघि तिरेको रकम कटाएर बाँकी रहेको ३९ अर्ब ६ करोड रुपैयाँमा अहिले १५ प्रतिशतका दरले ब्याज जोड्दा ४५ अर्ब तिर्नुपर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएका छन्। एनसलेले भने १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय लाभकर तिर्न बाँकी रहेको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : ०९ बजे

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो

एमालेका युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ?

काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ ।

पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित