प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ « Khabarhub

प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ । उनलाई विशेष सूचनाको आधारमा आज बिहान  साढे १० बजे भारत बिहारको सीतामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।

उनी शान्तिविरुद्धको अपराध मुद्दा शीर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ५ : ४५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम