११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा | Khabarhub Khabarhub

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् ।

केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो ।

रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । उनले तीनवटै देशका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपतिको यो भ्रमणलाई ‘नयाँ मोड’का रूपमा वर्णन गर्दै त्यसले अफ्रिकी राष्ट्रहरूसँग आर्थिक र व्यापारिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

इरानले हालैका महिनामा आफू एकाकी नरहेको सन्देश अन्तरराष्ट्रिय सुमदायलाई दिन तथा अमेरिकी नाकाबन्दी, आणविक सम्झौताको असफलतालगायत विषयको प्रभावबारे जानकारी दिने उद्देशयले कूटनीति गतिविधि बढाएको छ ।

शनिबार राष्ट्रपति राईसीले अल्जेरियाका विदेशमन्त्री अहमद अत्ताफलाई अल्जियर्ससँगको सम्बन्ध बढाउने सम्बन्धमा सघन संवाद गरेका थिए ।

गत सातादेखि इस्लामिक गणतन्त्र इरान रुस, चीन र भारत सम्मिलित साङ्घाई सहयोग सङ्गठनको सदस्य बनेको छ ।

गत मार्चमा इरानले चीनको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरबसँग सम्बन्ध पुनः स्थापित गर्न सहमत थियो । त्यसयता इरानले इजिप्ट र मोरक्कोलगायत अन्य देशहरूसँग पनि सम्बन्ध पुनः स्थापना गर्न खोजिरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ५५ बजे

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं- ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

सिमरा- सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ३,

विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाडौं- मुलुकका विभिन्न स्थानमा ५ जना मृत फेला परेका छन्

१३ वर्षमा एनसेलले कति कमायो ? एनटीसी १० वर्षदेखि दोस्रो (तथ्यांकसहित)

काठमाडौं – मलेसियाको आजियाटा कम्पनीले एनसेलबाट आफ्नो लगानी झिकेपछि अहिले