सवारीको ठक्करबाट दुई हरिणको मृत्यु « Khabarhub

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो ।

पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएका कारण मृत्यु भएको सवडिभिजन वन कार्यालय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए । कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टि नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताए । पशुपति सामुदायिक वनले ११ महिनादेखि ती हरिणलाई संरक्षण गरेको थियो । एउटा बच्चा र अर्को गर्भिणी पोथी हरिण मरेका हुन् ।

सवडिभिजन वन कार्यालय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र पाँच वटा दुर्घटना भएका छन् । चार वटा दुर्घटनामा पाँच वटा हरिणको मृत्यु भएको छ भने एउटा सिकारीले मारेको तथ्याङ्क छ । जङ्गली क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउनु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तुसम्बन्धी दुर्घटना बढ्दै गएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्काले बताए ।

पछिल्लो समय मानिसमा जनचेतनाको कमी हुनु, जङ्गलमा आगो लगाउनु र सिकारी बढ्न थालेपछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन । चरन क्षेत्रको अभाव हुनुका साथै वन्यजन्तु चोरी सिकारी र दुर्घटनामा कडाइ नहुँदा यस्तो घटना बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : २७ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ