सवारीको ठक्करबाट दुई हरिणको मृत्यु | Khabarhub Khabarhub

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो ।

पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएका कारण मृत्यु भएको सवडिभिजन वन कार्यालय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए । कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टि नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताए । पशुपति सामुदायिक वनले ११ महिनादेखि ती हरिणलाई संरक्षण गरेको थियो । एउटा बच्चा र अर्को गर्भिणी पोथी हरिण मरेका हुन् ।

सवडिभिजन वन कार्यालय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र पाँच वटा दुर्घटना भएका छन् । चार वटा दुर्घटनामा पाँच वटा हरिणको मृत्यु भएको छ भने एउटा सिकारीले मारेको तथ्याङ्क छ । जङ्गली क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउनु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तुसम्बन्धी दुर्घटना बढ्दै गएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्काले बताए ।

पछिल्लो समय मानिसमा जनचेतनाको कमी हुनु, जङ्गलमा आगो लगाउनु र सिकारी बढ्न थालेपछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन । चरन क्षेत्रको अभाव हुनुका साथै वन्यजन्तु चोरी सिकारी र दुर्घटनामा कडाइ नहुँदा यस्तो घटना बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : २७ बजे

तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँ : मुख्यमन्त्री लामा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा

‘प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति

संस्थापक समूहको शेयरलाई छुट्टै आईएसआईएन नम्बर दिने विषयमा इप्पानले जनायो विरोध

काठमाडौं– सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को सञ्चालक समितिले कम्पनीहरूको शेयर