वीरेन्द्र जैसीले तोडे अनशन, गृहमन्त्रीले लिए उपचारको जिम्मा « Khabarhub

वीरेन्द्र जैसीले तोडे अनशन, गृहमन्त्रीले लिए उपचारको जिम्मा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोखामा प्रहरीको गोली लागि घाइते भएका वीरेन्द्र जैसीको आजदेखि अनसन तोडेका छन् । २०७३ साल फागुन १ गते घाइतेभएका जैसी उपचार तथा क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि अनशनरत बस्दै आएका थिए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज वीरेन्द्र जैसीको अनशन तोडाएका हुन् । वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो ।

हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उहाँलाई वीर अस्पतालमा भर्ना गरेका थिए ।

आजदेखि भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार सुरु गरिएको जनाइएको छ । अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने बचन दिएका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै