राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास सम्भव : ओली « Khabarhub

राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास सम्भव : ओली


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताएका हुन् ।

उनले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायमा बस्ने जनताको कुरा हो’, अध्यक्ष ओलीले भने।

उनले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली जुनसुकै पूर्व–पश्चिम उत्तर–दक्षिण क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले एउटै देशका भू–भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनपर्ने भनाइ राखे ।

आदिवासी जनजातिको मात्र माग नभई सबैका लागि सामाजिक न्याय र समान अवसर मुलुकमा हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले मुलुकमा समाजिक न्याय र समान अवसरलाई बिथोल्ने प्रयास गर्न नहुने बताए । जातीय द्वन्द्वका कारण धेरै देशले अस्तित्व गुमाएको भन्दै उनले विविधतामा समानता आवश्यक रहेको भनाइ राखे ।

‘असमानताको अन्त्य र विविधताको सम्मान हुनुपर्दछ । विविधता हाम्रो सम्पत्ति भएकाले कलहको विषय बनाइनु हँदैन’, उनले भने, ‘सद्भाव र पारस्परिक सम्बन्ध कायम गरिनुपर्दछ । त्यसका आधारमा अगाडि बढ्नुपर्दछ ।’

उनले राज्य एउटा जातीय विशेषको नभई सबै नेपालीको रहेको बताए । ‘यहाँ एउटा धर्म र जातविशेषको राष्ट्र हुनु हुँदैन । यहाँ विभिन्न जात, धर्मका मानिस छन् । राज्य सबैलाई समान सेवा दिन बनेको हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘त्यसैले हामीले सातै प्रदेशको नाम भूगोल, नाला खोलाको नामका आधारमा राखेका हौँ ।’

एमालेले समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा लडेको स्मरण गर्दै उनले एमालेलाई जातका नामका कसैले विद्वेष फैलाउन खोजेको बताए। ‘कसैले जातका नाममा भावनात्मक बनाएर हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने त्यतिबेला देश जोगाउन सकिँदैन’, उनले भने। 

अध्यक्ष ओलीले सबै जातजातिका भाषा, संस्कृतिका मानिस सबै भूगोलमा बस्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्। उनले पहिचान भन्ने कुरा साम्प्रदायिक नभई आफ्नो थर, जात र भूगोलमा गर्व हुने भनाइ राखे ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : १८ बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ