इजरायल–हमास युद्धमा मारिने विदेशीको संख्या ४८  « Khabarhub

इजरायल–हमास युद्धमा मारिने विदेशीको संख्या ४८ 


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको युद्ध जारी छ । गत शनिबार अचानक हमास समूहले इजरायाली भूमिमा एक्कासि आक्रमण गरेपछि युद्ध सुरु भएको हो । 

जारी युद्धमा दुवैतर्फ गरी अहिलेसम्म १५ सय भन्दा बढी मानिस मारिएका छन् । दुवैतर्फको चेतावनीलाई मध्यनजर गर्दा यो युद्ध कहिले अन्त्य हुन्छ भन्ने अवस्था छैन । 

इजरायलले हमासले सुरु गरेको युद्धको अन्त्य आफूले गर्ने बताइ रहँदा हमासले भने इजरायलले गाजामा थप आक्रमण गरे आफूले बन्धक बनाएका इजरायली अधिकारीसहित सबैको हत्या गर्ने चेतावनी दिइसकेको छ । 

प्राप्त पछिल्लो विवरणअनुसार उक्त युद्धमा अहिलेसम्म ४८ जना विदेशी नागरिक मारिएका छन् भने ८० जना बेपत्ता छन् ।

अहिलेसम्म थाइल्याण्डका १२, अमेरिकाका ११, नेपालका १०, अर्जेन्टिनाका ७, युक्रेनका २, फ्रान्सका २ जनाको मृत्यु भएको छ । यस्तै, रुस, बेलायत, क्यानडा, कम्बोडियाका एकएक जना मारिएका छन् ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ११ : ०१ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,