दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, गगन थापाको प्रश्न : कांग्रेस सरकारमा भएको बेला यति धेरै काण्ड किन ?, नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ, यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित, सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई मंसिर २९ गते, सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइलगायतका समाचारले प्रमुख स्थान पाए ।

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवअधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिक रुपमा पनि आफूले प्रयास गरिरहेको बताए ।

सांसद अमरेशकुमारले लगाए प्रधानमन्त्रीपुत्री गंगा दाहालमाथि भ्रष्टाचारको आरोप

प्रतिनिधिसधभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नामै किटेर भ्रष्टाचारको आरोप लगाएका छन् । दाहालले व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको सांसद सिंहको दाबी छ ।

‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

गगन थापाको प्रश्न : कांग्रेस सरकारमा भएको बेला यति धेरै काण्ड किन ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सुशासनको वाचा मात्रै गर्ने नभएर सुशासनकै निम्ति जन्मिएको पार्टी भएको बताएका छन् ।

आज कांग्रेस मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहमा बोल्दै उनले कुशासनबाट नागरिक वाक्क भएको तर्क गरे ।

नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ

नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित

एसिसी यू–१९ एसिया कपमा भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको छ ।

२ सय ६० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभरमा २ विकेट गुमाएर २ सय ६३ रन बनायो ।

एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबीन सुरु

एनसेलको शेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

समितिका संयोजक टंकमणि शर्मा दंगालले आज समितिले काम सुरु गरेको जानकारी दिएका हुन् ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई मंसिर २९ गते

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई मंसिर २९ गते हुने भएको छ ।

आज संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएकासँग छलफल सकेको छ। सर्वोच्चमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० जना व्यक्तिले उजुरी दिएका थिए ।

आज समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो ।

न्यायपरिषदको मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन् ।

यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतमा मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

सन्दीपका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । कानुन व्यवसायीहरू सुनुवाइमा उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित भएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ०० बजे

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागूऔषध कारोबारी पक्राउ गर्न

पूर्ण बहादुरको ‘सारङ्गी’मा मुकुन अनुबन्धित

काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर – एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको