धाविका सुनमायाको नयाँ कीर्तिमानी « Khabarhub

धाविका सुनमायाको नयाँ कीर्तिमानी


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन् । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी छन् ।

हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी थिइन् । यो कीर्तिमानीले बुढालाई शीर्षस्थानमा पु¥याएको हो । हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ जितसहित नयाँ कीर्तिमानी राखेकी हुन् ।

पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हात पारे । कुलुङले निर्धारित दूरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान प्राप्त गरे । फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा तोकिएको दूरी पार गरी प्रथम हुँदा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान हासिल गरेका थिए ।

सो प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । दौडका क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको बुढाले बताइन् । प्रतिस्पर्धामा भएको दुःख रासससँग सुनाउँदै सुनमायाले भनिन्, ‘म र अर्जुन हामी दुवैले एक नम्बर चेक पोइन्टबाट बाटो बिराएका थियौँ । रातिको समय अनि द्विविधायुक्त चिह्नका कारण हामीलगायत धेरै प्रतियोगीले बाटो बिराएका थिए ।’

आफूले पहिलो पटक रात्रिकालीन समयको बाटोमा दौड्नु परेकाले आठ किलोमिटर बाटो बिराएको उनले बताइन् । बुढाले भनिन्, ‘दौड सुरुपश्चात् करिब १२÷१३ किलोमिटर दूरीको उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो । पुगेपछि त्यहाँ दुईवटा चिह्न राखिएको थियो । अब कुन बाटो जाने भन्ने दोधारमा परियो । दौडका क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकाले हामी पनि पनि उतै लाग्यौँ ।’

बाटो बिराउँदा हरेस खाएकी उनले एक चिनियाँ पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक पोइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागिएको बताइन्। हारे पनि दौड्न छोड्नु हुन्न भनेर रेसमा जोडिएकी बुढाले लगातार ७५ किलोमिटर दूरी पार गरेपछि चेक पोइन्ट ७ मा निकटतम प्रतिस्पर्धीलाई भेटाएको बताइन् । प्रतिस्पर्धीलाई भेट्दा आँट बढेर त्यहीँबाट उछिन्न सफल भएको बताउँदै पछाडि नफर्केरै जित हात पारेको उनले बताइन् । बुढाले द नर्थ फेस टिम एपिएबाट प्रतियोगितामा भाग लिएकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : १७ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक