इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र « Khabarhub

इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इटहरी – इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदैछ ।

आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ ।

नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए ।

प्रतियोगितामा साविक विजेता विभागीय टोली एपीएफ क्लबसहित सात प्रदेश टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए ।

अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुंगो लागिसकेको उनले बताए।

विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २०, २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्च हुने अनुमान गरिएको छ । सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ११ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय