मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त « Khabarhub

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।

सातदलीय सत्ता गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

मधेस प्रदेशमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको