भूकम्पको पाँच दिनमा ६ जनाको परिवारको उद्दार « Khabarhub

भूकम्पको पाँच दिनमा ६ जनाको परिवारको उद्दार


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्तानावुल – भूकम्प गएको पाँच दिन पछि टर्किएको एउटा सिंगो परिवारलाई जीवित उद्दार गरिएको छ ।

टर्किएको हंटे प्रान्तको भग्नावशेषबाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्दार गरिएको हो । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार थालिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

यस्तै भूकम्प गएको चार दिन पछि चमत्कारिक रूपमा १० दिनको बच्चासहित उनको आमालाई पनि जिउँदै उद्दार गरिएको छ । यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनबाट आमासहित उद्दार गरिएको हो । उद्धारकर्मीहरूले बिस्तारै बिस्तारै भग्नावशेषबाट आमा छोरालाई उद्दार गर्ने बित्तिकै थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेका थिए । चार दिन पछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन्। उनीहरूको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भइरहेको छ ।

टर्किए र सिरियामा गएको ७.८ रेक्टरको भूकम्पमा परी अहिलेसम्म २३ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ३४ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका