बालविवाह अन्त्य गर्न पालिकाको समर्थन « Khabarhub

बालविवाह अन्त्य गर्न पालिकाको समर्थन


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटका पालिकाले सन २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी नगरपालिकाबाहेक अन्य पालिकाका सरकार प्रमुखको सहभागिता रहेको यहाँ आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो । विभिन्न आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान लगायतका अन्य सङ्घ संस्थाको सहयोगमा उक्त अन्तक्र्रिया भएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिकासम्बन्धी गरेका काम, बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो । अन्य संस्थाले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै