चैतन्यको आयोजनामा सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न « Khabarhub

चैतन्यको आयोजनामा सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाको आयोजनामा ‘सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले शुक्रबार कार्यक्रमको आयोजना गरेको थियो ।

विज्ञ मनोविमर्शकर्ताहरूले कार्यक्रममा उपस्थितहरूलाई सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा धनगढीमा रहेका विभिन्न पेसा, व्यवसायी, समाजसेवी, शिक्षा सेवी, राजनीतिज्ञ, कला-संस्कृतिकर्मी, पत्रकार, बैंकर्स, पर्यटन व्यवसायी, खेलाडी, निर्माण व्यवसायी एवम् राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको चैतन्य ग्रुपमा सिइओ गणेश जोशीले बताए ।

‘अहिलेको भागदौडपूर्ण जीवनमा प्रत्येक मानिसमा तनाव छ। तर, तनाव समस्याको समाधान होइन । यसले हाम्रो स्वास्थ्यमा मात्र असर गर्छ। हामीले तनावको सही व्यवस्थापन गर्न सक्यौं भने सफल जीवन जिउन सक्छौं,’ जोशीले भने। सामाजिक उत्तरदायित्वका हिसाबले यो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

केही दिन पहिलेमात्रै एकेडेमीले योग शिविरको आयोजना गरेको बताउँदै जोशीले सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा आफूहरूले आगामी दिनमा पनि रचनात्मक काम गर्दै जाने बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : ०२ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका