चैतन्यको आयोजनामा सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न « Khabarhub

चैतन्यको आयोजनामा सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाको आयोजनामा ‘सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले शुक्रबार कार्यक्रमको आयोजना गरेको थियो ।

विज्ञ मनोविमर्शकर्ताहरूले कार्यक्रममा उपस्थितहरूलाई सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा धनगढीमा रहेका विभिन्न पेसा, व्यवसायी, समाजसेवी, शिक्षा सेवी, राजनीतिज्ञ, कला-संस्कृतिकर्मी, पत्रकार, बैंकर्स, पर्यटन व्यवसायी, खेलाडी, निर्माण व्यवसायी एवम् राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको चैतन्य ग्रुपमा सिइओ गणेश जोशीले बताए ।

‘अहिलेको भागदौडपूर्ण जीवनमा प्रत्येक मानिसमा तनाव छ। तर, तनाव समस्याको समाधान होइन । यसले हाम्रो स्वास्थ्यमा मात्र असर गर्छ। हामीले तनावको सही व्यवस्थापन गर्न सक्यौं भने सफल जीवन जिउन सक्छौं,’ जोशीले भने। सामाजिक उत्तरदायित्वका हिसाबले यो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

केही दिन पहिलेमात्रै एकेडेमीले योग शिविरको आयोजना गरेको बताउँदै जोशीले सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा आफूहरूले आगामी दिनमा पनि रचनात्मक काम गर्दै जाने बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : ०२ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व