बैतडीमा आगलागीबाट १२ लाख बराबरको क्षति « Khabarhub

बैतडीमा आगलागीबाट १२ लाख बराबरको क्षति


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका-७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडि रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो ।

शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ । आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : ५४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व