खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए « Khabarhub

खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका र त्यस केन्द्रमा जन्मिएका विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धहरूलाई नमूना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेस्टुरेण्ट क्षेत्रबाट छाडिएको हो । 

गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायत संरक्षण क्षेत्रमा लागेका दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध प्रकृतिमा छाडिएको हो । अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको सङ्ख्या बढाउनका लागि सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । आज छाडिएकासहित कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६९ गिद्धलाई अहिलेसम्म जंगलमा छाडिसकिएको छ । 

जंगलका छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाडिएको संरक्षणविज्ञ डिवी चौधरीले बताए। ‘खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ’, उनले भने , ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।’

लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेस्टुरेन्ट सुरु गरिएको हो । त्यो रेस्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । 

नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेस्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ६९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जंगलमा छाडिएको छ । 

जंगली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जंगलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरूप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ५५ बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता