आन्तरिक पर्यटकको रोजाइमा ‘मैस्याङटार’ « Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा ‘मैस्याङटार’


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जङ्गलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवर्द्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

यहाँ नयाँ वर्ष, दसैँ, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरूपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ ।

प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका  छन्’, उनले भने । वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए।

एक हजार एक सय रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैँचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम सुरु भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन् । 

आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोसीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ ।

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘प्रदेश सरकारले गत वर्ष १५ लाख विनियोजन गरेको थियो । यस वर्ष १० लाख विनियोजन गरेको छ’, उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’

मैस्याङटारको चौतर्फी विकासका लागि चार करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ । डिपिआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायतका संरचना निर्माण गरिनेछ । 

मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।  

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्