‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन कामपाको आग्रह « Khabarhub

‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन कामपाको आग्रह


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आयोजनामा हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि निमन्त्रणापत्र प्राप्त नभए कामपा उपप्रमुखको सचिवालयमा सम्पर्क गर्न देशभरका स्थानीय तहलाई आग्रह गरिएको छ ।

कामपा उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले  यसअघि नै देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको र पत्र प्राप्त नभएको भए सचिवालयमा सम्पर्क गर्न आग्रह गरेकी हुन् ।

सम्मेलनलाई थप प्रभावकारी बनाउन नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घमार्फत पनि निमन्त्रणा पठाएका छौँ । उपप्रमुख डङ्गोलले भनिन्, ‘हामी सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा उनी उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउन चाहन्छौँ । यसैअनुसार पत्राचार पनि भइसकेको छ । कुनै पालिकामा हाम्रो निमन्त्रणा प्राप्त हुन नसकेको भए हाम्रो सचिवालयमा सम्पर्क राखेर पत्र प्राप्त हुने माध्यम उपलब्ध गराइदिन अनुरोध गरेका छौँ ।’ 

आगामी चैत १५ र १६ गते दुई दिन न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारीस्वरूप सबै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको हो । कामपाले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख डङ्गोलले जानकारी दिइन्। 

सबै स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान-प्रदान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सम्मेलनमा सबै पालिकालाई इमेलमार्फत निमन्त्रणापत्र पठाएको उपप्रमुख डङ्गोलले जानकारी दिइन् । पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्यमध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ ।

सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय सञ्जाल निर्माण गर्ने योजना छ ।  सम्मेलन विशेषगरि चार विषयमा केन्द्रित रहने छ ।

गत १० महिनामा कामपाले न्यायिक समितिमार्फत गरेको असल अभ्यासका बारेमा सम्मेलनमा जानकारी दिने तयारी पनि गरेको छ । सम्मेलनमा मुलुकभरिका पालिका र अन्य व्यक्तिसहित एक हजार जना सहभागी रहने अपेक्षा कामपाको छ । संवैधानिक व्यवस्थाअनुरूप नै गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ३९ बजे

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने