स्वास्थ शरीरका लागि पैदल यात्रा « Khabarhub

स्वास्थ शरीरका लागि पैदल यात्रा

‘अकाल मृत्युबाट जोगिने उत्तम उपाय’


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वस्थ र तन्दुरुस्त रहनका लागि धेरै परिश्रम आवश्यक हुन्छ। खेलकुद गर्न वा दैनिक रुपमा हिँड्न र दौडिन चिकित्सकले सुझाव दिने गरेका छन्। आफ्नो अनुकूल समयमा छिटो छिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त हुने चिकित्सकको भनाइ छ।

स्वस्थ रहन दैनिक रूपमा आधा घण्टा हिँड्दा धेरै लाभ हुने चिकित्सकको भनाइ छ। स्वस्थ रहनका लागि युकेमा गरिएको एउटा अध्ययनले दैनिक छिटोछिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त गर्न सकिने निष्कर्ष निकालेको छ।

मुटुको चाल बढ्ने गरी सबैले सातामा १५० देखि ३०० मिनेट शारीरिक व्यायाम गर्नु अत्यन्तै आवश्यक रहेको यूकेको सार्वजनिक स्वास्थ्य सेवा प्रदायक निकाय एनएचएसले सुझाव दिएको छ।

सास फेर्न बल गर्नुपर्ने गरी साप्ताहिक रूपमा ७५ देखि १५० मिनेटको कडा व्यायाम गर्दा पनि उचित व्यायाम हुने यो निकायले जनाएको छ।

स्वास्थ्यविज्ञले शारीरिक व्यायामका निम्ति सुझाएकाभन्दा आधा मात्रै कसरत गर्दा पनि २० जनामा एक जनालाई मुटुसम्बन्धी कार्डिओभास्कुलर रोग लाग्नबाट जोगाउन सकिने अनुसन्धान टोलीको निष्कर्ष छ।

त्यसैगरी, ३० जनामा एक जनालाई क्यान्सर लाग्नबाट जोगाउन सकिने उक्त अध्ययनले बताइएको छ। त्यस्तो व्यायाम दिनमा ११ मिनेट मात्रै गरे पनि पुग्छ। जस्तैः उकालो हिँड्ने, नाँच्ने, साइकल चलाउने, छिटो छिटो लम्किएर हिँड्ने अथवा टेनिसजस्तो बल लाग्ने खेल खेल्ने शारीरिक गतिविधि गर्न सकिन्छ।

सातामा वा हप्तामा कम्तीमा १५० मिनेट व्यायाम गर्नुपर्छ भन्ने विज्ञको सुझाव छ। धेरैजसो मानिसले अहिले कार्य व्यस्तताका कारण शारीरिक व्यायाम कम गर्ने गरेको देखिन्छ। थोरै बाटोमा पनि सवारी साधनको प्रयोग गर्ने चलन धेरै बढेको छ। जसका कारण मानिसमा प्रर्याप्त रुपमा शरीरलाई चाहिने व्यायाम पुग्दैन। शारीरिक श्रम नहुँदा धेरै रोगहरु लाग्ने गरेको पाइएको चिकित्सकहरु बताउँछन्।

अफिसमा काम गर्ने मान्छे हो भने उनीहरूमा व्यायाम कम हुन्छ। एकै ठाउँमा धेरै समय बस्ने हुँदा धेरै शारीरिक समस्या देखा पर्छन्। जसको लागि ब्यायाम गर्नु निकै महत्त्वपूर्ण रहन्छ।

दैनिक पैदल हिड्दाका फाइदा
-नियमित ३० मिनेट हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुन्छ,
-पैदल हिँड्नाले शरीरको बोसो कम हुन्छ र मोटोपन कम हुन्छ,
-उच्च रक्तचाप नियन्त्रण हुन्छ,
-उच्च कोलेस्ट्रोल नियन्त्रण हुन्छ,
-टाइप–२ मधुमेह नियन्त्रित हुन्छ,
-छिटोछिटो हिड्नु र दौडिनु दुबै मुटुसँग सम्बन्धित व्यायाम हुन्छन्। जसले मुटु स्वस्थ राख्छ,
-पैदल हिँड्दा शारीरीक कमजोरी हट्छ,
-मुटु सम्बन्धी रोग कम हुन्छ,
-रोग प्रतिरोधात्मक शक्ति बढाएर आयु बढ्छ,
-फोक्सो बलयो बन्न मद्दत पुग्छ,
-खाएको खाना सजिलै पच्छ र पाँचन प्रणाली राम्रो बन्छ,
-पैदल हिँड्दा प्रयाप्त मात्रामा अक्सिजन पुग्छ र शरीरको विकार स्वासप्रश्वासको माध्यमबाट बाहिर जान्छन्,
-दिमाखका कोषहरु स्वस्थ हुन्छन् र
-तनाव कम हुन्छ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ३४ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख