पाकिस्तानमा चीनको प्रभाव बढ्दै « Khabarhub

पाकिस्तानमा चीनको प्रभाव बढ्दै


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय पाकिस्तानमा चीनको प्रभाव उल्लेखनीय रुपमा बढेको पाइएको छ । ताइवानमा आधारित रहेको दुष्प्रचारविरोधी डबलथिंक ल्याबको सञ्जाल ‘चाइना इन द वल्र्ड’ (सीआईटीडब्लू) ले जारी गरेको प्रतिवेदनमा अध्ययन गरिएका ८२ मुलुकमध्ये पाकिस्तानमा सबैभन्दा धेरै चीनको प्रभाव रहेको उल्लेख छ ।

उक्त प्रतिवेदनमा पाकिस्तानको विदेश नीति, प्रविधि र सैन्य क्षेत्रमा चीनको प्रभाव बढि रहेको जनाइएको छ । यसबाहेक अमेरिकी शान्ति प्रतिष्ठानको स्टिमसन सेन्टरका सिनियर फेलो समीर लालवाणीले गत मार्चमा जारी गरेको ‘अ थ्रेसहोल्ड अलायन्स : द चाइना–पाकिस्तान मिलिटरी रिलेसन्सिप’ मा पनि चीन र पाकिस्तानबीच सैन्य क्षेत्रमा साझेदारी विस्तार भइरहेको उल्लेख छ ।

पाकिस्तानमा चीनको बढ्दो प्रभाव दक्षिण एसियाका लागि भने चिन्ताको विषय भएको विश्लेषकहरु बताउँछन् ।

अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धा, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती, चीन र भारतबीच टकरावजस्ता विभिन्न कारणले पछिल्लो दशमा दक्षिण एसियाको भू राजनीतिक अवस्थामा परिवर्तन आएको छ । यस्ता कारणले चीन र पाकिस्तानबीच सैन्य सहकार्य बढ्न थालेको विश्लेषण गरिएको छ ।

यी दुई मुलुकका जलसेनाले समान प्रविधिको प्रयोगलाई विस्तार गरेका छन् भने बेला बेला दुई मुलुकले संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

कुनै पनि मुलुकसँग औपचारिक गठबन्धनबाट चीनले आफूलाई टाढा राख्दै आएको छ । यद्यपि पछिल्लो दशकमा पाकिस्तान र चीनबीचको सैन्य साझेदारी गहिरिँदै गएको पाइन्छ । शीतयुद्धको अन्त्ययता पाकिस्तान चीनको सबैभन्दा नजिकको सैनिक साझेदारको रुपमा रहँदै आएको छ ।

पाकिस्तानमा प्रभाव विस्तार गरी हिन्द महासागरमा आफ्नो सैन्य क्षमता बढाउनका लागि चीनले पाकिस्तानसँग सैन्य साझेदारीलाई बढाएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

चीनले पाकिस्तानलाई हतियार आपूर्ति गर्दै आएको छ । उदाहरणका लागि चीनले निर्यात गर्ने सम्पूर्ण हतियारको ४० प्रतिशत पाकिस्तानले खरिद गर्दै आएको छ भने पाकिस्तानले आयात गर्ने ७५ प्रतिशत हतियार चीनबाट खरिद गर्ने गरेको छ ।

केही विश्लेषकहरु पाकिस्तानसँग चीनको साझेदारीलाई रुससँगको चिनियाँ साझेदारीसँग तुलना गर्न सकिने बताउँछन् । चीनले पाकिस्तानलाई सन् १९७० देखि ९० को दशकसम्म आणविक हतियार विकास गर्न सहयोग गरेको बताइन्छ ।

चीन र पाकिस्तानबीच बढ्दो साझेदारीका कारण कालान्तरमा पाकिस्तान आफ्नो सैन्य क्षमता वृद्धिका लागि चीनमा नै निर्भर हुने अवस्था आउने चिन्ता रहेको पनि विश्लेषकहरु बताउँछन् । यसले पाकिस्तानी सेनाको क्षमतामा ह्रास आउनसक्ने उनीहरुको चिन्ता छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ०९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने