विष सेवनबाट सप्तरीमा एक बालिकाको मृत्यु « Khabarhub

विष सेवनबाट सप्तरीमा एक बालिकाको मृत्यु


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

सप्तरी- विष सेवनबाट एक १३ बर्सिया बालिकाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी वर्ष १३ की प्रीति कुमारी यादवको मृत्यु भएको हो ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिका तिरहुत गाउँपालिका-४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरुमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएको हो ।

मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ११ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना