कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई « Khabarhub

कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र  सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । 

यी घटनाक्रमका बीच कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १ : ५५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न