गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने « Khabarhub

गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन् ।

पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले  चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जिउन प्रेरित गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालयअन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइनेसमेत बताए ।

उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रूपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन  योगदान पुर्‍याउने बताए।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सहभागिता थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ३० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न