बुटवलमा ढुंगाले हानेर एक पुरुषको हत्या « Khabarhub

बुटवलमा ढुंगाले हानेर एक पुरुषको हत्या


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पर्स लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : ४५ बजे

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति