भोजपुर खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा  « Khabarhub

भोजपुर खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

जिल्लाका नौ स्थानीय तहलाई हिजो औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

‘निर्धारित उमेर समूहका बालबालिकाले सम्पूर्ण खोप लगाएसँगै भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छौँ’, उनले भने, ‘यो अभियान जारी रहन्छ । सबै स्थानीय तहलाई यसअघि नै घोषणा गरेर आज जिल्ला घोषणा गर्न सफल भएका हौँ ।’

यो घोषणासँगै भोजपुर कोशी प्रदेशमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

आगामी दिनमा बालबालिकालाई सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गराउन सबैले भूमिका खेल्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् ।

सो अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई सम्मानसमेत गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र