चितवन मिल्कबाट दैनिक एक लाख लिटर दूध प्रशोधन | Khabarhub Khabarhub

चितवन मिल्कबाट दैनिक एक लाख लिटर दूध प्रशोधन


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । 

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्‍याएको हो । 

कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म  उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए ।

पाउडर  र बटर बनाउनका लागि मेचीदेखि महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए । 

उनका अनुसार उत्पादनले गोदाम भरिएको बताए । ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौँ ।’

एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर दूधको मूल्य प्रतिकेजी चार सयदेखि पाँच पाँच सय रुपैयाँको बीचमा पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । 

असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उनले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए । 

विसं २०७२ सालको भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । 

सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताए । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उनको भनाइ छ ।

चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो । 

जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताए । 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : १९ बजे

आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

बागलुङ– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको

ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी