नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण « Khabarhub

नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ ।

सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण र बृहत् जलाधार आयोजनाको सहयोगमा संरचना निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावि पछाडिको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्की पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावियन पर्खाल निर्माण भएको जानकारी दिए ।

उनले तातोपानी बजारमा नदी र पहिरो नियन्त्रण गर्न यस वर्ष ९५ लाख रुपैयाँ बराबरको काम भएको जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा प्राप्त ५० लाख अनुदानबाट सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा ५०–५० मिटर लामो र चार मिटर अग्लो रिटेनिङ पर्खाल लगाइएको थियो । असार महिनामा आएको ३५ लाख बजेटबाट यसअघि बनाइएको पर्खालमाथि पहिरो रोकथामका लागि थप ४९ मिटर लामो र चार मिटर अग्लो पर्खाल बनाउने काम सकिएको छ ।’

मसार क्षेत्रमा पर्खाल लगाउने तयारी गरिए पनि असार लागिसकेको र म्याग्दी नदीमा पानीको सतह बढेकाले त्यहाँ काम गर्न नसकिने भएपछि पहिरो रोकथाम गर्न थप पर्खाल बनाएको केसीले बताए ।

यसैगरी बृहत् जलाधार आयोजना कास्कीको १० लाख सहयोगमा तातोपानी बजार तथा कुण्ड संरक्षणका लागि म्याग्दी नदी किनारमा ६२ मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फारखेतमा रहेको सरस्वती मावि, ज्वालामाई आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । एकासी घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।

तातोपानी र मसारमा कटान नियन्त्रणका गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३५ लाख विनियोजन भएको गण्डकी प्रदेश सभासदस्य हरिबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ४९ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ