नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण « Khabarhub

नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ ।

सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण र बृहत् जलाधार आयोजनाको सहयोगमा संरचना निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावि पछाडिको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्की पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावियन पर्खाल निर्माण भएको जानकारी दिए ।

उनले तातोपानी बजारमा नदी र पहिरो नियन्त्रण गर्न यस वर्ष ९५ लाख रुपैयाँ बराबरको काम भएको जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा प्राप्त ५० लाख अनुदानबाट सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा ५०–५० मिटर लामो र चार मिटर अग्लो रिटेनिङ पर्खाल लगाइएको थियो । असार महिनामा आएको ३५ लाख बजेटबाट यसअघि बनाइएको पर्खालमाथि पहिरो रोकथामका लागि थप ४९ मिटर लामो र चार मिटर अग्लो पर्खाल बनाउने काम सकिएको छ ।’

मसार क्षेत्रमा पर्खाल लगाउने तयारी गरिए पनि असार लागिसकेको र म्याग्दी नदीमा पानीको सतह बढेकाले त्यहाँ काम गर्न नसकिने भएपछि पहिरो रोकथाम गर्न थप पर्खाल बनाएको केसीले बताए ।

यसैगरी बृहत् जलाधार आयोजना कास्कीको १० लाख सहयोगमा तातोपानी बजार तथा कुण्ड संरक्षणका लागि म्याग्दी नदी किनारमा ६२ मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फारखेतमा रहेको सरस्वती मावि, ज्वालामाई आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । एकासी घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।

तातोपानी र मसारमा कटान नियन्त्रणका गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३५ लाख विनियोजन भएको गण्डकी प्रदेश सभासदस्य हरिबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ४९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र