मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो « Khabarhub

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो

हेलिकोप्टरमा को को सवार थिए ?


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सुर्केबाट आज बिहान १० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।

हेलिकोप्टरमा चालकसहित ६ जना रहेकोमा अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए ।

प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र