बारामा १०५ किलो गाँजा बरामद « Khabarhub

बारामा १०५ किलो गाँजा बरामद


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागूऔषध गाँजा ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको बताइएको छ । उक्त ट्रक पल्टिएको खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो । ट्रकको खोजतलास गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो । ट्रकका चालक तथा सहचालक फरार रहेको जनाइएको छ ।

एक सय पाँच किलो अवैध लागूऔषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पूर्वपश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक सडकको नालामा ना १ क ३२०५ नम्बरको पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : ३१ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ