हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने « Khabarhub

हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ ।

सो हेलिकप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : २४ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी