हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने | Khabarhub Khabarhub

हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ ।

सो हेलिकप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : २४ बजे

आईपिएलको एलिमिनेटरमा आज आरसिबी र राजस्थानको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार एलिमिनेटरमा रोयल

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए

काठमाडौं– अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा ४०

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि, २५ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं– जलवायु जोखिमको अवस्थालाई मध्यनजर गर्दै नेपालमा आजदेखि अन्तर्राष्ट्रिय संवाद

लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य आयोजना शुभारम्भ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स,

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि