हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने « Khabarhub

हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ ।

सो हेलिकप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र